स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य

पाेखरा | कात्तिक ३, २०७९

स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य

पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । 

 

आज (बुधबार) भएको खेलमा लुम्बिनी प्रदेशका ज्ञानुबहादुर चौधरीले नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरे भने, दोस्रो खेलमा लुम्बिनी प्रदेशका अर्जुन गाहा  (शुसान्त)ले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशलाई कास्य पदक दिलाएको हो । 

 

लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी, सुदिप सिङ र अर्जुन गाहा शुसान्त रहेका थिए । 

 

उक्त खेलमा दुई विभागिय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ र पाँचवटा प्रदेशको मध्य गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशको सहभागिता रहेको थियो । 
प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्